नेपाली भूमि लिपुलेक/लिम्पियाधुरा समेटेर बनाइएको नयाँ नक्सा निशान छापमा राख्न प्रतिनिधिसभाबाट पारित संविधान संशोधन विधेयक आज (बिहीबार) राष्ट्रियसभाबाट पनि पारित गरिँदै छ ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जेठ ३२ गते आइतबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७’ लाई सभा समक्ष पेश गरेपछि यसबारे छलफल भएको थियो। त्यस दिन सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो।
त्यो समय सकिएकाले आज विधेयक राष्ट्रियसभाले पारित गर्ने तयारी गरेको हो। प्रतिनीधिसभाबाट दुइतिहाई बहुमतले पारित विधेयक राष्ट्रियसभाले पनि दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभाको लाइभ हेर्न एरो क्लिक गर्नुहोसः