ला लिगाका प्रमुख जाभियर टाबेसले क्रिस्टियानो रोनाल्डोका विषयमा तुच्छ टिप्पणी गरेका छन । उनले रोनाल्डो सन् २०१८ मा ला लिगाबाट बाहिरीएपनि स्पेनीस फुटबलमा कुनै असर नपरेको बताए ।
सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियाल मड्रिडमा अनुबन्ध भएका रोनाल्डो ला लिगामा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले ला लिगामा घरेलु प्रतिस्पर्धी बार्सिलोनाका लियोनल मेस्सीसँग निकै प्रतिस्पर्धा भएको थियो ।
तर ला लिगाले विश्वको एक उत्कृष्ट खेलाडीलाई गुमाएपनि त्यसको असर ला लिगामा नपरेको बताए । रोनाल्डोले २०१८ मा युभेन्टस जाने निर्णय गरेका थिए । टाबेसले रोनाल्डो रियालमा भएपनि कुनै असर थिएन र उनी बाहिरीएपनि कुनै प्रभाव नपरेको बताए ।
उनले एक अन्तवार्तामा ला लिगालाई स्टार खेलाडीको प्रभाव भन्दा ठुलो बनाउने योजना रहेको बताए । कुनैपनि स्टार खेलाडी कुनैपनि टिमको कोशेढुंगा नभएको बताए ।
रोनाल्डो बाहिरीदा कुनै प्रभाव नभएको बताएका टाबेसले मेस्सीले बार्सिलोना छोडेमा असर पर्ने बताए । उनले मेस्सीको केस फरक रहेको बताए । मेस्सी फुटबलको इतिहासमा सर्वाधिक सफल खेलाडी रहेको र उनी ला लिगामा खेल्नु आफुहरु भाग्यमानी रहेको बताए । उनले ला लिगा छोडेमा सबैले नोटिस गर्ने बताए । रासस