नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ९७औं जन्मजयन्ती आज

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ९७ औं जन्मजयन्ती आज मनाइदैं छ ।

वि सं १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका स्वर्गीय पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ साल बैशाखमा नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेनुभएका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणा बिरोधी आन्दोलनमा लाग्नुभएको थियो ।

२०१७ सालमा निरंकुश पञ्चायत व्यवस्था लागू भएपछि उहाँले भूमिगत निर्वासित जीवन पनि विताउनु भयो । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने समकालिन राजनितीका नेताहरु मध्ये उहाँ पहिलो नेता हुनुहुन्यो । उहाँको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।


ताजा खबर