सभामुख सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।

काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पतालमा दायाँ आँखाको बुधबार शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको उहाँको सचिवालयले जनाएको छ ।

केही समययता उहाँको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा उहाँको शल्यक्रिया गरिएको हो । उपचारका क्रममा लागेको सबै खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोर्नु भएको सचिवालयले जनाएको छ ।

शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहनुुभएको छ । सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. रुइतसहितको चिकित्सक टोली र तिलगङ्गा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभएको छ ।


ताजा खबर