पछिल्लो २४ घण्टामा ३४ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएसँगै हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्या १० हजार ३ सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजसम्म विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट ६० दशमलव ५३ प्रतिशतले कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्यलाभ गरिरहेकोे जानकारी दिनुभयो ।
यसैगरी आज देशका विभिन्न स्थानमा रहेका २५ वटा प्रयोगशालामा ४ हजार ३ सय ६१ जनाको रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा एक सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता प्रा. डा. गौतमले दिनुुभएको जानकारी अनुसार आज प्रदेश नं. १ मा ९ जना, प्रदेश नं. २ मा ४४ जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश नं. ५ मा २१ जना, कर्णाली प्रदेशमा ११ जना र सुुदुरपश्चिम प्रदेशमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसमम्म १७ हजार ६१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज २४ हजार ७ सय १६ जना रहेका छन् भने ६ हजार ६ सय ९५ जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्यलाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।