कतार विश्वकपकाे मिति सार्वजनिक : खेल नाेभेम्बर २१ देखी डिसेम्बर १८ सम्म संचालन हुने

सन् २०२२ मा कतारमा हुने विश्वकपको मिती सार्वजनिक भएको छ । जसमा प्रतियोगिता नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा समापन हुनेछ ।

यसअघि जुन र जुलाईमा हुदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । अत्याधिक गर्मी हुने भएकाले आयोजकले २०२२ को विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

प्रतियोगिताको समुह चरणका बेला चार वटा खेल हुनेछन । प्रतियोगिताको फाइनल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा स्थानीय समय अनुसार साँझ ६ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । यो स्टेडियमको क्षमता ६० हजार रहेको छ । विश्वकपका बेला समुह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन । जसमा स्थानीय समय अनुसार दिउसो एक बजे पहिलो खेल हुनेछ भने दिउँसो चार बजे दोस्रो, साँझ सात बजे तेस्रो तथा राती १० बजे चौथो खेल हुनेछ । यस्तै नकआउट चरणका खेलहरु साँझ ६ बजे र राती १० बजे हुनेछन ।

कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन । विश्वकपमा पहिलो पटक एक ठाँउबाट अर्को ठाँउमा खेल्न जाँदा हवाई जहाजको प्रयोग नहुने भएको छ । रोयटर्स


ताजा खबर