नेपाल कम्युनिस्ट पार्टीको चियापान आज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडा दशैँ, तिहार, नेपाल संवत्–११४०, छठलगायत नेपालीका विभिन्न चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

काठमाडौँको भृकुटीमण्डपमा आज (बुधबार) को चियापान कार्यक्रमका लागि सम्पूर्ण अतिथिलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन १ लाख जनालाई नेकपाले निम्ता गरेको छ ।

भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना हुनेछ ।

दशैं, तिहार, छठ, नेपाल संवत, इद, ल्होसार लगायतका नेपाली जनताका चाडपर्वको अवसरमा पार्टीले शुभकामना आदान प्रदान आयोजना गरेको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

चियापानमा कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निम्ता गरिएको छ ।

तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना तथा चियापान कार्यक्रमलाई नेकपाले निरन्तरता दिएको छ ।


ताजा खबर