प्रदेश नं. १ को सरकारले स्थापना गरेको कोभिड–१९ जनसुरक्षा कोषमा सूर्य नेपाल प्रालिले आज एक करोड रुपैया प्रदान गरेको छ ।
मुख्यमन्त्री शेरधन राईलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्रीको कार्यालयमा पुुगेर एक करोड रुपैयाको चेक हस्तान्तरण गर्नु भयो ।
त्यस अवसरमा मुख्यमन्त्री राईले प्रदेशका जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेकोले सङक्रमितहरुको समुचित उपचारको व्यवस्था मिलाइएको बताउनुुभयो ।
कोभिड–१९ टेष्टको दायरा बढाउँदै सीमा सुरक्षा व्यवस्थित गर्नुुका साथै प्रदेस सरकारले शुुरुदेखी गरेको उचित व्यवस्थापनका कारण प्रदेशमा सङ्क्रमित सङ्ख्या कमी आएको उहाको दाबी थियो ।
सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरिएको बताउदै आगामी दिन आवश्यक्ता अनुसार थप सहयोग गर्ने विचार व्यक्त गर्नु भयो । रासस