दर्शककाे उपस्थितिमै पीएसजीले १३औं पल्ट उचाल्याे फ्रेन्च कप उपाधि
फ्रान्सकाे शीर्ष डिभिजन लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेइन पीएसजीले नकआउट प्रतियाेगिता फ्रेन्च कपकाे उपाधि पनि गएराति जितेकाे छ ।
मुख्य स्टार केलिन एम्बाप्पेकाे चाेटका बाबजुद स्टाडियाे डी फ्रान्समा केहि समर्थककाे उपस्थितिमा ख्लाइएकाे खेलमा पीएसजीले सेन्ट इटिनलाइ १-० ले पराजित गरेकाे हाे ।
काेराेना भाइरसकाे महामारीका कारण अप्रिलयता लगभग विश्वभरका फुटबल गतिबिधि ठप्प थिए । त्यसयता पहिलाे पल्ट फ्रान्समा दर्शकसहितकाे फुटबल खेलाइएकाे हाे ।
सेन्ट इटिनका लाेइक पेरिनले केलिनले एम्बाप्पेमाथि डरलाग्दाे फल गरी राताे कार्ड पाउनुअघि नै नेइमारले गाेल गरी टिमलाइ अग्रता दिलाइसकेका थिए । एम्बाप्पे पनि चाेटग्रस्त हुँदै मैदान बाहिरिँदा उनकाे आँखामा आँसु थियाे । खेलपछि एम्बाप्पे बैशाखीकाे साहराले प्लेयर बक्समा देखिएका थिए । रोयटर्स