आज थप एक सय ३० जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट एक सय ३० जना संक्रमण मुक्त भएको जानकारी दिनुभएको हो ।
यो सँगै संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १५ हजार एक सय ५६ अर्थात ७० दशमलव ८ प्रतिशत रहेको प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज देशका विभिन्न स्थानमा रहेका विभिन्न प्रयोगशालामा ६ हजार ३ सय ५९ जनामा गरिएको परिक्षणमा ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २१ हजार ३ सय ९० जना पुगेको छ ।
मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ जना अर्थात २८ दशमलव ८ प्रतिशत रहेका छन् ।
यसैगरी, कोरोना भाईरस संक्रमणबाट थप दुई जनाको मृत्यृ भएसँगै संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
संक्रमणबाट पर्सा जिल्लाका विरगञ्ज महानगरपालिका ५ का ४६ वर्षीय पुरुष र पोखरीया नगरपालिका ९ का १८ वर्षीय महिलाको मृत्यृ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।