प्रधानमन्त्रीको कोरोना परीक्षण : रिपोर्ट ‘नेगेटिभ’

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहनुहुने प्रधानमन्त्री ओलीको गत मङ्गलबार नै परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।  प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट बुधबार नै आएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले सफल नेपाललाई जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्रीसँग नियमित सम्पर्कमा रहने अङ्गरक्षकसहित केही सुरक्षाकर्मीको पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको समेत बजगाईंले जानकारी दिनुभएको छ।


ताजा खबर