नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अध्यक्षसहित परिवारका सबै सदस्य, स्वकीय सचिवालय तथा सुरक्षाकर्मीको नमूना परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको स्वकीय सचिवसमेत रहनुभएकी गंगा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि भएका सुरक्षाकर्मी दाहालको बाहिरी सुरक्षा घेरामा थिए ।
यसैबीच नेकपा अध्यक्ष ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ ।
अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र सङ्क्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।