कोरोना भाइरसका कारण करिव चार महिना अन्तराष्ट्रिय क्रिकेट ठप्प जस्तै बन्यो । यो विचमा आइसीसीले नयाँ बरियता पनि सार्वजनिक गरेन । पछिल्लो पटक भने आइसीसीले लामो समयपछि बरियता निकालेको छ । आइसीसीले पछिल्लो पटक सार्वजनिक गरेको एकदिवसिय बरियतामा ब्याटिङ, बलिङ र अलराउण्डमा नेपालबाट एक सय भित्रमा एक जना पनि परेका छैनन् । टिमको बरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ । अन्तिम पटक मे महिनामा रिलिज भएको बरियतामा नेपाल १६ औं स्थानमा थियो । नेपालले अहिले १८ रेटिङ पाएको छ ।
तर खेलाडीको ब्यक्तिगत बरियताका हकमा भने यति बेला कुनै खेल नहुँदा खेलाडी एक सय भित्र पनि पर्न सकेका छैनन् । टी २० नेपाल १५ औं स्थानमा यथावत छ । तर ब्यक्तिगत खेलाडीका हिसावले नेपालका चार खेलाडी विभिन्न विधामा बरियताको १०० भित्र रहेका थिए । तर अहिले पारस खड्का र सन्दिप लामिछाने मात्र यो बरियतामा छन । यसअघि अलराउण्डमा पारस, सोमपाल शिर्ष एक सय भित्र रहेका थिए । बलिङमा सोमपाल, सन्दिप र करण केसी शिर्ष एकसयमा पुगेका थिए । तर अहिले एकदिवसिय बलिङमा तीन खेलाडी १०० भित्र छैनन् । ब्याटिङमा अहिले पारसमात्र सयभित्र रहेका छन । उनी हाल ७५ औं स्थानमा छन । बलिङमा यसअघि सोमपाल, करण केसी पनि अटेका थिए । तर अहिले सन्दिप ८४ औं स्थानमा छन । अरु खेलाडी सूचीमा छैनन् ।
अलराउण्डमा पनि नेपालका कुनैपनी खेलाडी सूचीमा पर्न सकेका छैनन् । जति अन्तराष्ट्रिय प्रतियोगिता खेल्यो, त्यति खेलाडीको बरियता बढ्ने वा घट्ने हुन्छ, तर प्रतियोगिता नै नभएपछि त्यसको प्रत्यक्ष असर उनीहरुको ब्यक्तिगत बरियतामा देखिएको छ ।एएनआई/रासस