नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार पुरुषतर्फ छनोटमा परेका खेलाडीहरुमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपकसिं बोहरा, संदिप कार्की, रणसिं रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आषिश अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन्।
महिलातर्फ छनोटमा परेकाहरुमा बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, रञ्जना राई, शान्तिकला राई, झिनमाया थापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा छन्।
छनोट समितीले पुरुष र महिलातर्फ ५/५ जना वैकल्पिक खेलाडीसमेत छनोट गरेको छ। वैकल्पिक खेलाडीमा महिलातर्फ जिना राई, साधना वम, विष्णा बोगटी, देबी श्रेष्ठ र मञ्जु राउत छन्। पुरुषमा सरुणमान श्रेष्ठ, तारा केसी, प्रविण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल छन्।
छनोट समितीमा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जिवन बस्नेत, नेपाल ह्याण्डबल संघका सचिब केशव पाठक, विदेशी प्रशिक्षक पोर्चुगलका जोआ फ्लोरेन्सिओ, ह्याण्डवलका मुख्य प्रशिक्षक एवं तालिम तथा प्रशिक्षण विभाग राखेपका उप–निर्देशक हिमालराज दाहाल र बरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण रहेका थिए।
साग तयारीका लागि ह्याण्डबलको महिला तथा पुरुष टिमका राष्ट्रिय खेलाडीहरुले १६ असोजबाट बन्द प्रशिक्षणमा शुरु गरेका थिए। बन्द प्रशिक्षणमा पहिलो चरणमा २८/२८ जना र दोश्रो चरणमा २२/२२ जना खेलाडी थिए।
करिब एक महिनाको वन्द प्रशिक्षणपश्चात १६/१६ जना खेलाडी अन्तिम चरणका लागि छनोट भएका हुन्। संघका अध्यक्ष एवं नेपाल ओलोम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले छनोट भएका खेलाडीहरुलाई अनुशासनलाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरे।
आगामी १५-२५ मंसिरमा १३औं साग अन्तर्गत पोखरामा हुने ह्याण्डबलमा महिला र पुरुषतर्फ १६/१६ जना खेलाडी अन्तिम छनोटमा परेका छन्।