‘कोरोनाले बाँच्न दिन्न कि झैं लाको छ’

  • शोभा शिलवाल

 घुमिफिरी २०७७ को तीज फेरि आको छ 
कोरोनाले बाँच्न दिन्न कि झैं लाको छ
यता हेर्यो कोरोना उता बाढी पहिरो छ
जनतामा परेको चोट धेरै गहिरो छ।
प्रकृतिको पहिरो भन्दा सत्ता पहिरो ठुलो छ
राहतको दाल चामल कुहिया धुलो छ।
भुसमा  आगो सल्किए झैं सङ्क्रमण फैलेको
कुर्चीको खिचातानी के हो अहिलेको।
भारतले च्याप्या  भूमि बल्ल आयो नक्सामा
अब कहिले आउँछ धर्ती हाम्रो पासमा।
विदेशबाट आउँछ राहत पीडितको नाउँमा
पीडितले पाका छैनन् सहि ठाउँमा।
के हुन्छ , यो वर्षको शैक्षिक सत्र अवस्था
कसो गरी मिलाउने हो पढ्ने व्यवस्था ?
कोरोनाले बन्द व्यापार डामाडोल बनायो
दुई छाक हातमुख जोर्न धौ धौ गरायो।
अभिभावक हौ सरकार जनतालाई देऊ हात
 विपत्  मा छन् जनता देऊ तिमीले साथ।
धेरै कुरा के लेखौं र जान्ने बुझ्ने आफै छौ
सरकार यावत् समस्याको समाधान गर्ने छौ ।

ताजा खबर