कोरोना महामारी र वर्तमान परिस्थिति वारे सम्वाद कार्यक्रम सम्पन्न

सम्वाद समुह सिन्धुलीको आयोजनामा शनिबार कोरोना महामारि यसको न्यूनिकरण, सामाधान र सचेतना लगायत जिल्लामा भएका अन्य समसामयिक समस्याहरु र त्यसको सामाधानका लागि गर्न सकिने पहलका विषयमा सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना महामारी र यसको रोकथामको विषयमा बढि केन्द्रित भएर गरिएको छलफलमा सहभागिहरुले बजार क्षेत्रमा माक्स प्रयोगकर्ता बढेपनि अव्यवस्थित रुपमा माक्स सडकमा यत्रतत्र देखिन थालेको र माक्सलाई अन्य फोहोर संग नमिसाएर अलग डस्टवीनमा हालेर व्यवस्थापन गर्न स्थानीय तहहरुसँग समन्वय गर्न र व्यवस्थापनको पहल गर्न सम्बाद समूहले पहल सुरु गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यस्तै स्थानीय तहरुले सञ्चालन गरेका क्वारेन्टाईनहरु सुविधा सम्पन्न नभएको, महिला मैत्री नभएको भन्दै व्यवस्थित क्वारेन्टाईन निर्माण गरिनु पर्ने र यसका लागि सबै स्थानीय तहले अलग अलग क्वारेन्टाईन निर्माण गर्र्ने भन्दा पनि सदरमुकाम क्षेत्र भित्र खुल्ला जमिनमा बहुउपयोगि सस्तो ट्रस भवन निर्माण गरेर जिल्ला भरिको क्वारेन्टाइन निर्माण गर्न सकिने र पछि आकस्मीक भवनको रुपमा प्रयोग गर्न सकिने भवन निर्माण गर्नु पर्नेमा जोड दिईएको थियो ।

हाल स्थानीय तहहरुले विद्यालयमा क्वारेन्टाइन निर्माण गर्दा दोहोरो खर्च बढेको र अहिले विद्यालयबाट क्वारेन्टाइन हटाउदा कतिपय स्थानीय तहमा क्वारेन्टाइन विहिन अवस्था आएको र क्वारेन्टाइनका लागि छुट्टै भवन बनाउनु पर्ने चुनौति थपिएको छ । स्थानीय तहहरुमा क्वारेन्टाइन निर्माण गरिएको भएपनि कोरोना पोजेटिभ देखिदा जिल्ला सरमुकाममै आउनु पर्ने, सामान्य स्वास्थ्य सामस्यामा पनि सदरमुकाम नै ल्याउनु पर्ने, हरेक चिज बस्तु सदरमुकाम बाटै गाउँ लैजानु पर्ने भएकाले सबै स्थानीय तहहले रकम संकलन गरेर सदरमुकाम मै जिल्ला भरिलाई पुग्ने क्वारेन्टाइन निर्माण र व्यवस्थापन गर्न सके एकिकृत लागतमा काम सम्पन्न हुन सक्ने र व्यवस्थापन पनि सहज हुने निष्कर्ष निकालिएको थियो । जिल्लामै पिसिआर मेसिन खरिद गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कोरोना परीक्षण गर्दा पहुँचको आधारमा भन्दा आवश्यकताको आधारमा गरिनु पर्ने लगायतका विषयमा जोड दिएर छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्बाद समूहमा जिल्लाका ९ वटै स्थानीय तहका एक–एक जना प्रतिनिधि, सञ्चारकर्मी, प्रध्यापक, बुद्धिजिवि, राजनीतिक दलका प्रतिनिधित्व हुने गरि समावेशि र समान सहभागिताको आधारमा करिव ३० जनाको समूह रहेको छ । उक्त समूहले जिल्लाका समस्याहरुलाई पहिचान गरि सामाधानका लागि सरोकावालाहरु सँग सम्बाद गर्ने र विवाद र द्वन्द्व भएको अवस्थामा द्वन्द्वरत पक्षहरुलाई एउटै टेबुलमा ल्याएर सम्बाद गरेर समस्याको सामाधान गर्ने बातावरण सृजना गर्ने कार्य गर्दै आईरहेको छ ।

शनिबार भएको सम्बाद कार्यक्रममा तीनपाटन गाउँपालिबाट छत्र दाहाल, गोलन्जोर गाउँपालिकाबाट के पि पोखरेल र सुष्पा भुजेल, मरिण गाउँपालिकाबाट काजिमान थिङ कमलामाई नगरपालिका बाट शुशिला थिङले समसामयिक विषयमा समस्या र सामाधानका लागि गर्न सकिने प्रयासहरु बारे धारणा राख्नु भएको थियो ।

कोरोना माहामारी र यसको प्रभावका कारण अन्य स्थानीय तहहरुबाट सहभागिहरु उपस्थित हुन सकेका थिएन । अनुपस्थित हरु सँग त्यहाका समस्या बारे सामाजिक सञ्जालबाट धारणाहरु लिईएको थियो । कार्यक्रममा सागर कुमार ढकाल, नानिबाबु घिमिरे, इश्वर बस्नेत, रामबहादुर हायू, गणेश रत्न, विनय दहाल लगायतले बर्तमान परिस्थितिको बारेमा सम्बाद समूहले खेल्नु पर्ने भूमिका बारे धारणा राख्नु भएको थियो । कार्यक्रममा विराज शर्मा र कृषहरि घिमिरेले सहजीकरण र व्यवस्थान गर्नुभएको थियो।


ताजा खबर