जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाे भन्दै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस लगायत कुनै पनि भीडभाड हुने कार्यहरुको लागि निषेधित गरेको छ ।
प्रशासनले आज एक आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो । यो आदेश आज राती १२ बजे देखि भदौ १५ गते १२ बजे सम्मको लागि भएको प्रशासनले उल्लेख गरेकाे छ । निषेधित आदेशको विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारवाही गर्ने बताएको छ ।