भारतको राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका धोनीले सबै फर्म्याटमा गरी अहिलेसम्म भारतका लागि ३ सय ३२ वटा खेल खेलेका छन् भने त्यसमध्ये १ सय ७८ वटा खेल जितेका छन्।