सर्लाहीमा सांसदको वितण्डा : शिविस प्रमुख चेतकुमार पोखरेललाई हातपात गर्ने सांसद अशोक कुमार यादवलाई पक्राउ गर्न माग

सर्लाही । संघीय सांसदहरु विभिन्न आरोपमा पक्राउ परिरहेका बेला सर्लाहीमा भने प्रदेश सांसदको वितण्डा सार्वजनिक भएको छ । गएको असोज २९ गते प्रदेश अ यादवले शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख चेत कुमार पोखरेलसहितका व्यक्तिमाथि दुर्व्यवहार गरेका छन् । जसको जिल्लाका शिक्षासँग सम्बन्धित निकायले आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् ।

असोज २९ गते आफ्नै कार्यकक्षमा बसेका बेला प्रमुख पोखरेललाई दुर्व्यहावर गर्दै सांसद यादवले मोबाइलसमेत खोसेको आरोप लागेको छ । प्रमुख पोखरेलको कार्यकक्षमा रहेका नेपाल शिक्षक महासंघ सर्लाहीका प्रमुख नरेन्द्र प्रसाद यादवसहित विभिन्न पेशागत समूहका प्रमुखमाथि प्रदेश सांसद यादवले गालीगलौजसमेत गरेको भन्दै उनीमाथि कारबाहीको माग राखेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।

सर्लाही क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित भएका यादव संघीय समाजवादी पार्टीका हुन् । उनलाई कारबाही नगरे जिल्लाभरका सबै शिक्षण संस्था बन्द गरेर आन्दोलनमा उत्रिने प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।


ताजा खबर