– शोभा शिलवाल
ढुकुटीमा धमिरा झैं गरेका छन् चयन
सुन्नुहोला नेताको गर्छु बयान ।
रोग, भोक,शोकले मरेका छन् जनता
दस अरब खर्च भयो भन्छन यी नेता ।
करोडौंको रातो कार्पेट विद्यालाई चाहिएको
जनताले भेन्टिलेटर खोइ त पाएको ?
सात मैनामा छ अर्बको गाडी चाहियो नेतालाई
कसले बुझ्छ जनताको पिर व्यथालाई ?
पन्ध्र हजार लिटरको पानी प्यूने नेताले
उपचार नपाइ जनता मर्छन् व्यथाले ।
पन्ध्र हजार चाडबाड भत्ता यी नेताले खानी हो
बाढी पहिरो पीडित जन्ता रुँदै कता जाने हो ?
सिन्धुपाल्चोक पहिरोले मनै हाम्रो रुवायो
समाचार हेर्दा भावविह्वल सबलाई बनायो ।
मगन्ते नै बनी आउँछन् भोट माग्न दैलोमा
बजेट सबै खाँदा नि नभरिने यिनको थैलोमा ।
विकासको आस राखी दिएका हौँ हाम्ले भोट
देका छौ नि जनतालाई चोट माथि चोट ।
डाक्टर ,नर्स ,आर्मी ,पुलिस सबले काम गरेका
यिनको मुख मोसी आफ्नै भुँडी भरेका ।
स्वास्थ्यकर्मी ,प्रहरी हाम्रा जिउका रक्षक
सरकार यिनी दु :खी हुन्छन् नबन् भक्षक ।
रगत र पसिनाको मूल्य कहिल्यै नपाउनी
कहिले होला यी नेतालाई हाम्ले धपाउने ?
विद्युत् को अफिसमा कूलमान आएका
जनताले उज्यालोमा बस्न पाएका ।
राम्रा नेता कूलमान जनताले सोच्दै छन्
भ्रष्टहरू उनको खुट्टा तान्न खोज्दै छन् ।
बाढी पहिरो महामारीले जनता यहाँ मर्दै छन्
कुकुर र बिरालो झैं नेता लड्दै छन् ।
जनताको पिर मर्का नेता किन बुझ्दैनन् ?
अर्कोपल्ट चुनाव आउँछ भन्ने सोच्दैनन् ।
यो मनमा उर्लेको तिरसना मेटौंला
कोरोनाले नलागे फेरि भेटौंला ।