उपत्यकामा कोरोना संक्रमित दुई हजार नाघे

कोभिड–१९ को संक्रमितको संख्या संक्रमित उपत्यकामा अत्याधिक बढ्दै छ । उपत्यकामा अहिलेसम्म दुई हजार १३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा बन्दाबन्दी खुलेपछि संक्रमित दैनिक बढ्न थालेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार अहिलेसम्म संक्रमित जिल्लामा एक हजार ७०५ जनामा संक्रमण पुष्टी भएको छ ।

त्यसैगरी  ललितपुरमा २८२ जना र भक्तपुरमा १४७ जना रहेका छन् । तर उपचारपछि निको भएर घर फर्कनेको संख्या २४१ जना मात्र रहेको छ । यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । उपत्यकामा अहिलेसम्म सक्रिय संक्रमित एक हजार ८८३ जना रहेका छन् ।


ताजा खबर