‘बुढ्यौलीका दस बाछिटा’

  • निरु गौतम

सयल
बुढो वयल
मयल ।

मन्तव्य
मात्र आँगन
गन्तव्य ।

रोगले
जीवन गल्यो
शोकले।

जवानी
मात्र यादको
कहानी ।

रथमा
हुन्न जीवन
बसमा ‌

विरानी
पीडाले भिज्यो
सिरानी ।

फक्रेको
अवकाशले
ढक्रेको

बुढयौली
टेको बिहिन
चौतारी

जुनको
ध्यान केवल
उनको ।

सबेर
नगरे प्रभु
अबेर ।


ताजा खबर