आज थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १ सय २९ जनामा परीक्षण गर्दा ३ सय ३ महिला र ५ सय ९६ जना पुरुष गरी ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३९ हजार ४ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज काठमाडौँमा १ सय ९० जना, ललितपुरमा ६७ जना र भक्तपुरमा ४१ जना गरी उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण आज थप ७ जनाको मृत्यु भएको छ । संक्रमणबाट आज ४ जना पुरुष र ३ महिलाको मृत्यृभए सँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।
संक्रमणबाट महोतरीकी ४ वषिया बालिका, गोरखाकी ६५ वर्षिया र रुपन्देहीकी ६८ वर्षिया महिला र झापाका ८६ वर्षिया पुरुष, रौतटका ४० वर्षिया, चितवनका ७८ वर्षिया र भक्तपुरका ७७ वर्षिया पुरुषको मृत्यृ भएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।
यस्तै आज ५ सय ८८ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमण पछि निको हुनेको कुल संख्या २१ हजार ४ सय १० जना पुगेकोे मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज देशभर संक्रिय संक्रमितहरुको संख्या १७ हजार ८ सय २९ रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना रहेका छन् ।
संक्रमितहरुमध्ये १ सय ३२ जनाको आइसियुमा र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै काठमाडौ जिल्लासहित ललितपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, चितवन र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रममितहरु रहेका छन् ।