कोरोनाको त्रासबीच छायाँनाथमा धामी नाच (फोटो कथा)

हिमाली जिल्ला मुगुमा वर्षेनि हुने धामी नाचलाई यो वर्ष कोरोना महामारीले पनि रोकेन । छायाँनाथ धामको तीर्थयात्रा शुरु भएसँगै पत्येक वर्ष साउन शुक्लपूर्णिमामा मुगुका विभिन्न मन्दिरमा लाग्ने मेलाहरूले यो वर्ष पनि निरन्तरता पाए ।

कर्णाली क्षेत्रका मुख्य देवता मानिने मष्टो लगायतका देवी देवताका धामीहरूले नाच प्रस्तुत गरे । यस वर्ष कोरोनाको कारण बाहिरी जिल्लाका धामीहरू भने छायाँनाथ धाम जान पाएनन् ।

कोराेनाको कारण जिल्ला बाहिरका भक्तजन र धामीलाई प्रवेश निषेध गरिए पनि जिल्लाका स्थानीय भने छायाँनाथ पुगेर फर्किएका छन् ।

तस्वीरहरू:

हिमालखबर बाट


ताजा खबर