अष्ट्रेलियामाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

घरेलू टोली इङ्ग्ल्याण्ड र अष्ट्रेलियाबीचको टी-ट्वान्टी श्रृंखलाको पहिलो खेलमा इङ्ग्ल्यान्डले दुई रनले विजयी भएको छ ।

तीन खेलको श्रृंखलाअन्तर्गत साउथ ह्याम्प्टनस्थित रोजबल रंगशालामा भएको पहिलो खेलमा रोमाञ्चक जित हात पार्दै इङ्ग्ल्यान्ड १-० को अग्रता लिन पनि सफल भएको छ ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको इङ्ग्ल्याण्डले अष्ट्रेलियासमक्ष १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर एक समय सहजै जित हात पार्नेजस्तो देखिएको अष्ट्रेलियाले भने २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो ।

अन्तिम २ ओभरमा अष्ट्रेलियालाई १९ रन आवश्यक रहेको थियो तर इङ्ग्ल्याण्डका बलरहरूको आक्रमक बलिङका कारण अष्ट्रेलियाले लक्ष्य भेटाउन सकेन ।

इङ्ग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २-२ विकेट लिए । इङ्ग्ल्यान्डको यो दोस्रो टी-ट्वान्टी सिरिज हो । अब दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार मै हुनेछ ।

यसअघि इङ्ग्ल्यान्डले पाकिस्तानसँग टी-ट्वान्टी सिरिज खेलेको थियो । सो सिरिज १-१ को बराबरीमा सकिएको थियो । टी-ट्वान्टी सिरिजपछि अष्ट्रेलिया र इङ्ग्ल्याण्डबीच एकदिवसीय सिरिज हुनेछ । एकदिवसीय सिरिज भने सेप्टेम्बर ११ बाट शुरू हुनेछ ।– बीबीसी


ताजा खबर