काँग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले आफूमा कारोना संक्रमण पुष्टी भएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत डा.कोइरालाले कोरोना पोजेटिभ पुष्टि भएपनि कुनै लक्षण नदेखिएको जानकारी दिएका हुन् ।

“कोरोना संक्रमण पुष्टि भएको छ तर मेरो स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । हाल चिकित्सकहरुको सल्लाह अनुसार म आइसोलेसनमा बसेको छु ।”, डा. कोइरालाले भनेका छन् ।

यसैबीच, कोइरालासंग नियमित सम्पर्कमा रहेका १९ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोइरालाकी पत्नी डा. सुपात्रा कोइरालासहित कांग्रेस नेता भरतराज तिवारी, सहयोगी सुरज उप्रेतीसहित नियमित सम्पर्कमा रहने सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।


ताजा खबर