कृष्णबहादुर महरालाई कार्डियाक केयर युनिटमा सारियो

काठमाडाैं- संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ति करणी प्रयासको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कार्डियाक केयर युनिट (सिसियू)मा राखिएकाे छ।

पक्राउ परेपछि स्वास्थ्यमा समस्या आइ नर्भिक अस्पतालमा भर्ना भएका महरालाई आज सिसियूमा राखिएको हो। शुक्रबार उनकाे रक्त्तचापसमेत बढेकाे छ।

‘उहाँको एक्कासी रक्तचाप बढेपछि मुटुको एन्जिओग्राफी गरिएको थियो। एन्जियोग्राफीमा मुटुको बायाँतर्फ २० प्रतिशत ब्लक भएकाे पाइयो,’ महराको उपचारमा संलग्न एक चिकित्सकले भने।

उनका अनुसार महरालाई साविकको भन्दा औषधीसमेत थप गरिएको छ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ति करणी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनलाई असोज १९ मा पक्राउ गरिएको थियो। उनी २३ असोजदेखि नर्भिक अस्पतालमा उपचाररत छन्।


ताजा खबर