आज २२ सय ८७ जना कोरोना संक्रमणमुक्त

आज कोरोना भाइरसबाट हाल सम्मकै धेरै २ हजार २ सय ८७ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हालसम्म ३२ हजार ९ सय ६४ जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।

गएको केही दिन देखि संक्रमण मुक्त हुनेको दर बढ्दै गएको र हाल सम्म ६८ दशमलव ५ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसेको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

यसैगरी आज १० हजार ६ सय ११ नमूना परीक्षण गर्दा थप ९ सय २ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना भाइरसबाट ४८ हजार १ सय ३८ जना संक्रमित भएका छन् भने १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय सक्रमित मध्ये ८ हजार ५३ जना संस्थागत आइसोलेसनमा र ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

गम्भीर लक्षण देखिएका १ सय ४४ जना संक्रमितको आइसियु र २३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

यस्तै नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ । आज विभिन्न जिल्लाका ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर