भारतको मोतिहारीदेखी नेपालको अमलेखगञ्ज सम्मको ९६.२ किलोमिटर लामो डिजेल पाईपलाईन सञ्चालनको एकवर्ष पुरा भएको छ । पाईपलाइनबाट एक वर्षमा ५३ कारोड ४१ लाख लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जनाएको छ ।प्रतिघन्टा २ लाख लिटर डिजल आयात गर्न सकिने पाईपलाईन गतवर्ष देखी सञ्चालनमा ल्याइएको हो । एकवर्षको अवधिमा पाईपलाईन बाट ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ । भारतको बरौनिदेखि नेपालको अमलेखगन्ज प्रतिलिटर पेट्रोल ढुवानीमा प्रतिलिटर एक रुपैया ५० पैसा खर्च लाग्ने गरेकोमा पाइपलाईन जडानपछि सो खर्च जोगिएको निगमले जनाएको छ ।एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात हुँदा करिव ८० करोड २६ लाख ढुवानिमा तथा करिव १५ लाख रुपैया तापक्रम नोक्सानी बापत जोगिएको निगमको केन्द्रिय कार्यालयले जनाएको छ । बरौनि र अमलेख गञ्जको तापक्रममा तिन डिग्रीको फरक रहेको र यसको नोक्सानी एक ट्याङ्करमा ४५ लिटर हुने गर्थ्यो । त्यस्तै इन्धन चोरीको समस्या बाटपनि मुक्त भएको निगमले जनाएको छ । कोभिड १९ कोरोना भाइरसको महामारीका कारण ईन्धन खपतमा कमि आएकाले पाइपलाईन नियमित सञ्चालनमा आउन नसकेको निगमले जनाएको छ ।