इङ्गल्याण्ड र अष्ट्रेलियाको एक दिवसीय क्रिकेट आजदेखि

इङ्ल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले घरेलु टोलीसँग आजबाट तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला खेल्दैछ ।

यस शृङ्खलाको तीनवटै खेलहरु म्यानचेष्टरको ओल्ड त्राफोर्डमा खेलिने कार्यक्रम रहेको छ । इङ्ल्याण्डका लागि चोटको उपचार पछि मैदानमा फर्किएका स्टार ब्याट्सम्यान जेसन रोयको आगमन हुँदैछ ।

उता अष्ट्रेलियाको कप्तानिमा आरोन फिन्चले सम्हालिरहेका छन् । विश्वकप विजेता इङ्ल्याण्ड ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट तालमेलमा रहेको र यसै साता भएको तीन खेलको टि-ट्वान्टी सिरिजमा पनि अष्ट्रेलियालाई पराजित गरेकोले उच्च मनोबलमा छ ।

अष्ट्रेलिया पनि टि-ट्वान्टीको हारको बदला लिने लक्ष्यमा छ । २०१९ को विश्वकपयता खेलेका एकदिवसीय खेलहरुमा अष्ट्रेलियाले केवल दुईवटामा मात्र जित हात पारेको छ ।

यसअघि यी दुई देशबीच सम्पन्न भएको टी-ट्वान्टीमा इङ्ल्याण्डले २-१ ले यो शृङ्खला हात पारेको थियो । आजदेखि सुरु हुने एक दिवसीय खेल नेपाली समय ५.४५ बाट सुरु हुने भएको छ ।


ताजा खबर