सीपीएलको उपाधि नाइट राइडर्सले जित्यो

अपराजित यात्रा कायम राख्दै क्यारेवियन प्रिमियर लिग (सीपीएल) को उपाधि ट्रिबागो नाइट राइडर्सले जितेको छ। बिहीबार राति सकिएको फाइनलमा आठ विकेटले सेन्ट लुसियालाई पराजित गर्दै उपाधि जितेको हो। 

नाइट राइडर्सका लागि ओपनर लेन्डी सिम्मोन्सले अविजित ८४ रन जोडे। ४९ बलमा चार छक्का र आठ चौका प्रहार गरेका थिए। उपाधि इनिङका लागि सिम्मोन्सलाई डिरेन ब्राभोले १३८ रनका साझेदारी गरे। ब्राभोले ४७ बलामा ६ छक्का सहित ५८ रन जोडेका थिए। 

टस हारेर पहिले ब्याटिङ गरेको लुसियाले दुवै इनिङ उत्कृष्ट गरेपनि अन्त्यतिर सम्हालिन सकेन। तर, राइडर्सका लागि कप्तान किरोन पोलार्डले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिदा लुसिया १५४ रनमै समेटिएको थियो।

तर, जवाफी ब्याटिङका क्रममा १८.१ ओभरमै लक्ष्य भेटाउँदै राइडर्सले उपाधि जित्यो। राइडर्सले उपाधि जित्दा लिग चरणका दश, सेमिफाइन र फाइनल सवैमा जित निकाल्यो।

नेपालका लिग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लाहवाज भने सेमिफाइनमा राइडर्स सँगै पराजित हुँदै लिगबाट बाहिरिएको थियो। तर, एघार खेलबाट १२ विकेट लिएर सन्दीप धेरै विकेट लिने खेलाडीको सूचिमा रहे।


ताजा खबर