भारत सरकारद्वारा नेपाललाई दुईहजार भाइल रिम्डिसिभिर सहयोग

भारतले नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा निकै उपयोगी मानिएको रिम्डिसिभिर औषधि दुई हजार भाइल सहयोगस्वरुप उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अजा सो औषधि हस्तान्तरण गर्नुभयो ।

नेपाल भारतबीच केही समयदेखि रोकिएको  संवाद तथा सहयोग आदानप्रदानको क्रम पुनःशुरु भएको छ ।

यसअघि बंगलादेशले पनि नेपाललाई पाँच हजार डोज रिम्डिसिभिर उपलब्ध गराएको थियो ।


ताजा खबर