दुई घण्टाको वर्षा धानको लागि वरदान, किसान हर्षित

मंगलवार परेको मूसलधारे वर्षाले धनुषाका किसानलाई हर्षित बनाएको छ । धानमा बाली लाग्ने वेलामा परेको वर्षाका कारणले धानलाई निक्कै फाईदा पुग्ने कषि ज्ञान केन्द्र धनुषाले जनाएको छ ।

विहान करिव दुई घण्टासम्म परेको वर्षाका कारणले धानको खेत सुक्न थालेको वेलामा खेतमा पुनः पानी जमेको छ । यस वर्ष पटक पटक वर्षा भएका कारणले रसायनिक मलको अभावमा पनि धान वालीको अवस्था राम्रो रहेको प्रदेश नंं २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यसै गरि वर्षाले तरकारी वाली, दलहनवालीलाई पनि फाईदा पुग्ने भएको छ । धानको खेतको आलीमा लगाईएको रहरलाई पनि फाईदा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत यूगल किशेर तिवारीले जानकारी दिनुभयो ।

उहाँले धनुषाको धान खेतमा पानी सुकेर चिरा पर्न थालेको बेलामा भएको वर्षाले धानलाई लाभ पुग्नुका साथै माछालाई पनि फाईदा पुग्ने भएको छ । खास गरेर पोखरीको पानी पनि वर्षाले बढेको र यसले माछालाई निक्कै फाईदा पुगेको प्रमुख तिवारीले जानकारी दिनु भयो । –रासस


ताजा खबर