कोरोनाले विश्व फुटबलमा १४ अर्ब डलर घाटा हुने फिफाको आंकलन

विश्व फुटबल महासंघ फिफाले फुटबलको अर्थव्यवस्थामा कोरोनाभाइरस महामारीको आर्थिक प्रभाव १४ अर्ब डलरको हुने अनुमान गरेको छ ।

यो रकम करिब ४६ अर्ब डलर बराबरको फुटबलको विश्वव्यापी बार्षिक आर्थिक कारोबारको एक तिहाइको हिस्सा रहेको छ। फिफाले ठुलो आर्थिक मारमा परेका राष्ट्रिय फुटबल संघलाइ १.५ अर्ब डलर बराबरको आर्थिक सहयोग प्रदान गर्न घोषणा गरिसकेको छ ।

फिफाले उपलब्ध गराउने राहत सम्बन्धमा कोषको नेतृत्व गरिरहेका ओल्ली रेह्नले २११ सदस्य राष्ट्र प्रत्येकले १० लाख अमेरिकी डलर सम्मको अनुदानको लागि आवेदन दिन सक्ने बताए ।

महादेशीय परिसंघहरुले भने २० लाख अमेरिकी डलर दाबी गर्न सक्नेछन् । त्यसै गरि फिफाले महिला फुटबलको लागि पनि विशेष आर्थिक सहयोग उपलब्ध गराइने जनाएको छ । – बीबीसी


ताजा खबर