प्रधानसेनापति र पाकिस्तानका राजदूत बीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका राजदूत मजहर जावेदसँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत जावेद र प्रधान सेनापति पूर्णचन्द्र थापा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सङ्ग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ । –रासस


ताजा खबर