बीरगंजमा असोज १५ सम्म निषेधाज्ञा थप

जिल्ला सुरक्षा समिति पर्साको आज सम्पन्न बैठकले बीरगन्ज महानगरपालिकामा जारी निषेधाज्ञालाई आगामी असोज १५ गतेसम्मका लागि थप गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा आज सम्पन्न बैठकले निषेधाज्ञालाई आगामी असोज १५ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा थप गरिए पनि सरकारी कार्यालय, सार्बजनिक यातायातका सवारी साधन, बजार, उद्योग कलकारखाना उच्च स्वास्थ्य सतर्कताका साथ सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।

बैठकले निषेधाज्ञा बढाइए पनि पहिलेभन्दा थप खुकुलो बनाउँदै सार्वजनिक सेवा प्रवाह गर्ने सबै कार्यालय र संघसंस्थाबाट आवश्यक स्वास्थ्य सुरक्षा सर्तकर्ता अपनाएर दिइएको निर्देशन पालना गरी सेवा प्रवाह गर्न दिने निर्णय गरेको छ ।

सेवा लिने र दिनेले कम्तीमा दुई मिटर दुरी कायम गर्नुपर्ने र अनिवार्य रुपमा मास्क प्रयोग गर्न बैठकले निर्देश गरेको छ ।

त्यसैगरी बैठकले सार्बजनिक सवारी साधानको हकमा ५० प्रतिशत मात्र यात्रु राखी ५० प्रतिशत बढी भाडा लिएर आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र सवारी साधन सञ्चालन गर्न निर्णय गरेको छ ।

त्यसैगरी बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रण तथा उपचारलाई व्यबस्थित गर्न आधारित शिलबन्दी प्रकृयालाई निरन्तरता दिइने पसल, बजार तथा तरकारी फलफुलको बिक्री बिरतणलाई व्यवस्थित एवं प्रभावकारी बनाउन बीरगंज महानगरपालिका भित्र रहेका पसलहरुलाई मापदण्डको पालना हुने गरी भिडभाड नहुने गरी सन्चालन गर्नुपर्ने, पसल बिहान ११ बजेदेखी ४ बजेसम्म मात्र सञ्चालन हुने, तरकारी तथा फलफुलको हकमा रेल्वे रोडमा बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र राख्न पाइने र नियम बिपरीत राखेमा तरकारी तथा फलफुल जफत गरिने निर्णय गरेको छ ।

बैठकले कुनै पनि भेला, महोत्सव जात्रा सञ्चालन गर्ने, मानिसहरु भेला जम्मा हुने भिडभाड गर्ने, जुलुस सभा गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

त्यसैगरी बैठकले परम्परागत रुपमा भई आएको नित्य पूजा बाहेकका सम्पुर्ण धार्मिक सास्कृतिक गतिबिधीहरु सञ्चालन गर्न नपाइने, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्षालगायतका गतिबिधीहरु सञ्चालन गर्न नपाइने, डिपार्ट मेन्टल स्टोर, मनोरन्जनस्थल, शैलुन, व्युटिपार्लर, स्विमिङ्ग पुल, जिम खाना, समुहमा खेलिने खेलकुद, पुस्तकालय र संग्राहलय बन्द रहने निर्णय गरेको छ ।

यसैगरी बैठकले कोभिड–१९ को संक्रमण बिस्तारलाई रोक्न नो माक्स नो मुभ अभियान सञ्चालन गर्ने, सार्वजनिक स्थलमा माक्स नलगाई आवत जावत गर्ने व्यक्तिलाई तत्काल कार्वाही गर्नेे निर्णय गरेको छ ।

त्यसैगरी बैठकले नागरिकको स्वास्थ्य सम्बन्धि उच्च सतर्कता अपनाएर मात्रै नियमित कामकार्वाही सन्चालन गर्ने, अत्याबश्यक काम बाहेक हिडडुल नगर्ने, दिर्घरोगी, १० बर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरीक, सुत्केरी वा गर्भवती महिला र असक्तहरु अतिआबस्यक र स्वास्थ्य सम्बन्धि कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । –रासस


ताजा खबर