नेपाल बैंकद्वारा विशेष साधारण सभा आह्वान

नेपाल बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । बैंककाे भदौ २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असोज १९ गते साेमबार बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा हुने भएको छ ।

बैकका अनुसार सभा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेस (भर्चुअल जुम मिटिङ)को माध्यमबाट सञ्चालन हुनेछ ।

विशेष साधारण सभामा बैंकले नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या ४ बाट घटाएर ३ बनाउने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र र नियमावलीलाई समयानुकूल अद्यावधिक गर्नुपर्ने भएकाले प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशाेधन/थपघट गर्ने एजेन्डा पनि रहेकाे छ ।

त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असाेज ८ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले असाेज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

भिडियो कन्फ्रेसमार्फत आफ्नो मन्तव्य राख्न चाहने शेयरधनीहरुले भने सभा हुनुभन्दा ४८ घण्टा अगावै आफ्नो नाम र इमेल ठेगाना टिपाउनु पर्नेछ ।

बैंककाे सूचना :


ताजा खबर