प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मञ्च टुँडिखेलबाट शनिबार बिहान देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

पाँचौ संविधान (राष्ट्रिय) दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा शनिबार बिहान ९:५० बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सरकारले संविधान (राष्ट्रिय) दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । मूल समारोह समितिले टुँडिखेलमा कार्यक्रम गर्नेछ ।


ताजा खबर