राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सुर्खेतको वीरेन्द्रनगरमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नं ६ मा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आईतबार उदघाटन गर्नुभयो ।

सो अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताउनु भयो ।

उहाँले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा समस्त राष्ट्रिय वाणिज्य बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।


ताजा खबर