उपत्यकामा ६७४ सहित आज ११५४ मा कोरोना पुष्टि

उपत्यकामा आज थप छ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप छ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा पाँच सय ३८ जना, ललितपुरमा ६२ जना र भक्तपुरमा ७४ जना गरी आज उपत्यकामा थप छ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर चार सय १८ जना महिला र सात सय ३६ पुरुष गरी एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।

त्यस्तै आज देशभर आज एक हजार पाँच जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ४७ हजार दुई सय ३८ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


ताजा खबर