आज १४९७ कोरोना संक्रमित थपिए: ४५७ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९हजार ३०१ पुगेको छ । जसमध्ये ५० हजार ४११ जना उपचारपछि निको भएका छन् । २४ घण्टामा ४५७ जना डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । २४ घण्टामा ११ हजार ४४९ सय जनाको पिसिआर परीक्षण भएको छ । 


ताजा खबर