राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीले भर्चुअल सम्बोधन गर्ने

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा जारी महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुनेछ ।

नेपाली समय अनुसार आज वेलुकी उहाँको सम्बोधन हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीले गर्दा यो वर्ष सदस्य देशका प्रतिनिधिलहरूले भर्चुअल माध्यमबाटै महासभामा सहभागिता जनाइरहेका छन्।

जारी महासभामा ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ, प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड-१९ को सामना र बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ छलफलका विषय रहेका छन् ।

महासभाको वैठक एक हप्ता अघि शुरू भएको हो । –रासस


ताजा खबर