प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्राडा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहनुभएकी डा. शाहलाको शुक्रबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभएको छ।
‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन’, उहाँले भन्नुभयो।
उहाँ अहिले होम आइसोलेसनमा बस्नुभएको छ ।