‘खोप ल्याउने स्वीकृति कुनै कम्पनीलाई नदिएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस विरूद्धको खोप ल्याउन कुनैपनि निजी कम्पनीलाई स्वीकृति नदिएको स्पष्ट पारेको छ ।

मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना विरूद्धको खोप बनेपछि नेपाल सरकारले नै नेपालमा ल्याउन पहल गर्ने र अहिले कुनैपनि निजी कम्पनीसंग सम्झौता नभएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले दशैं लगायतका चाडपर्व मनाउने क्रममा उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घ रोग भएका व्यक्ति तथा जेष्ठ नागरिकको सुरक्षामा ध्यान दिन सबैलाई आग्रह गर्नुभएको छ ।

दीर्घ रोग भएका तथा जेष्ठ नागरिकहरू संग रोग प्रतिरोध क्षमता कम हुने हुनाले संक्रमणको दर बढी भएको क्षेत्रबाट चाड मनाउन आफ्नो घर–गाउँ पुग्ने व्यक्तिले उच्च सतर्कता अपनाउनुपर्ने प्रवक्ता गौतमले बताउनुभयो ।


ताजा खबर