आइपिएलः सन राइजर्स हैदरावाद ७ रनले विजयी

इन्डियन प्रिमियर लिगमा साविक उपविजेता चेन्नेईले तेस्रो हार ब्यहोरेको छ ।

जारी प्रतियोगितामा लगातार तेस्रो हार ब्यहोर्ने क्रममा चेन्नेई सन राइजर्स हैदरावादसँग ७ रनले पराजित भयो । आइपीएलकाे इतिहासमा चेन्नेईले पहिलाे पटक लगातार तीन खेलमा हार ब्यहाेरेकाे हाे ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हैदारवादले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६४ रन बनायो । निकै खराव सुरुवात गरेको हैदरावादले एक रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ४७ रनमा दोस्रो विकेट खेर फालेको उसले ६९ रनमा तेस्रो विकेट खेर फाल्यो ।

लगत्तै चौथो विकेट खेर फालेको हैदरावादका लागि प्रियम गार्गले उत्कृष्ट पारी खेल्दा उसको पारी सम्हालिएको थियो ।

हैदरावादका जोनी ब्रेस्टोले खाता खोल्न सकेनन् भने मनिश पाण्डे २९ रनमा आउट भए । यस्तै डेविड वार्नरले मात्र २८ रन बनाए । त्यसपछि केन विलियम्सनपनि नौ रनमा आउट हुँदा एक समय हैदरावाद निकै दबावमा परेको थियो ।

तर गार्ग र अभिशेख शर्माले अन्तिममा राम्रो साझेदारी गरे । गार्गले २६ बलमा ६ चौका र एक छक्का प्रहार गरे । उनले ५१ रन बनाए । यस्तै अभिशेख शर्माले ३१ रन बनाए ।

जवाफमा चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५७ रन बनायो । उसले पनि राम्रो सुरुवात गर्न सकेन । चार रनमा पहिलो विकेट गुमाएको उसले २६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै ३६ रनमा तेस्रो विकेट झर्यो ।

तीन विकेट सस्तैमा झरेको चेन्नेईले ४२ रनमा चौथो विकेट गुमाउने पुग्यो । उसका फाफ डुप्लिसिसले २२ रन बनाउँदा सेन वाट्सन मात्र एक, अम्बाती राइडु आठ, केदार ज्यादव तीनमा पेभेलियन फर्किए ।

पाँचौ विकेटका लागि रविन्द्र जडेजा र कप्तान महेन्द्रसिंह धोनीका विच ७२ रनको साझेदारी गरेका थिए । जसमा जडेजाले ३५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए ।

तर चेन्नईको स्कोर एक सय १४ रन हुँदा पाँचौ विकेट गुमेको थियो । अन्तिम ओभरमा चेन्नेईलाई जितका लागि २८ रन आवश्यक थियो । तर धाेनी क्रिजमा भएपनि टिमलाई जित दिलाउन सकेनन् । उनले अविजीत ४७ रन बनाए । –एएनआई


ताजा खबर