आइपिएलः आजको खेलमा चेन्नई १० विकेटले विजयी

सेन वाट्सन र फाफ ड्यु प्लेसिसले शानदार अविजित प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नाई सुपर किंग्सले किंग्स एघार पन्जावमाथि १० विकेटको सानदार जित हासिल गरेको छ ।

दुवईको रंगशालामा १ सय ७९ रनको लक्ष्य १७ ओभर ४ बलमा पूरा गर्दा चेन्नाईले विकेट खेर फाल्नु परेन । पन्जावका बलरहरु निस्प्रभावी बनेको खेलमा वाट्सन र प्लेसिसले समान ५३ बलको सामना गरे र क्रमसः ८३ र ८७ अविजित रन प्रहार गरे । दुवैले समान ११ चौका प्रहार गर्दा वाट्सनले ३ र प्लेसिसले १ छक्का प्रहार गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रनको योगफल बनाएको थियो ।

उसका लागि कप्तान तथा ओपनर केएल राहुलले ५२ बलमा ६३ रन योगदान गरे । जारी सिजन दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे ।

राहुलले पहिलो विकेटका लाग मयंक अग्रवालसँग ६१ रन र तेस्रो विकेटका लागि निकोलास पुरनसँग मिलेर ५८ रनको साझेदारी गरेका थिए ।

अर्का ओपनर मयांक अग्रवालले २६ र उनी आउट भएपछि आएका मनदीप सिंहले २७ रनको योगदान गरे ।

विष्फोटक पारी खेलेका निकोलास पुरनले १७ बलमा ३ छक्का र १ चौकासहित ३३ रन बनाएर आउट भए ।

सर्फराज खान १४ र ग्लेन म्याक्सवेल ११ रनमा अविजित रहे । चेन्नाईका सार्दुल ठाकुरले २ विकेट लिए । पियुस चावला र रविन्द्र जडेजाले एक एक विकेट झारे । ‍-एएनआई


ताजा खबर