शिक्षा मन्त्री पोखरेललाई पनि कोरोना संक्रमण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । शनिबार पीसीआर परीक्षण गर्दा आज कोभिड पोजिटिभ देखिएको हो ।


सोको जानकारी शिक्षामन्त्री पोखरेलका स्वकीय सचिव सुनिल खड्काले गाेरखापत्र अनलाइनलाई दिनुभएको हो । हिजो सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउन जानुभएको थियो ।


उहाँ अहिले पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । हिजो शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँ हाल होम आइसोलेसनमा रहनुभएको छ ।


ताजा खबर