बैंग्लोर आइपीएलकाे तेस्राे स्थानमा

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले पाँचौ जित निकालेको छ । जितसँगै बैंग्लोर लिगको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा बैंग्लोरले कोलकातालाई ८२ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनायो ।

बैंग्लोरले सुरुवात भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि आरोन फिन्च र देबदत्त पडिक्कलले ६७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पडिक्कल ३२ रन बनाएर आउट भए । २३ बल फेस गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।

त्यसपछि फिन्च र कप्तान विराट कोहलीले पारि अघि बढाएका थिए । फिन्च व्यक्तिगत ४७ रन बनाएर आउट हुँदा बैंग्लोरको स्कोर ९४–२ रन बनाएको थियो । कप्तान कोहली र एबीडिभिलियर्सले १०० रनको अभिजित साझेदारी गर्दै कोलकतालाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिलियर्सले अर्धशतकीय पारि खेले उनले ३३ बल फेस गरेर ७३ रन बनाए । जसमा उनले ६ छक्का तथा पाँच चौका प्रहार गरे ।

कोहलीले २९ बलमा ३३ रन बनाउँदा एक चौका प्रहार गरे । कोलकताका आन्द्रे रसेल र प्रसिद्ध कृष्णले एक एक विकेट लिए ।

जवाफमा कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा राेकियाे । उसका तीन खेलाडीले मात्र दाेहाेराे अ‌ङ्क जाेड्न सके । राम्रो सुरुवात गर्न नसकेको कोलकाताले २३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५१ रनमा दोस्रो विकेट गुमाएको कोलकाताले ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्कोगरि पेभेलियन फर्किए ।

कोलकाताको स्कोरबोर्डमा ६४ रन हुँदा उसका महत्वपुर्ण पाँच विकेट झरेका थिए । जसमा टोम बान्टोनले ८ रन बनाए भने शुभंम गिलले ३४ रनको योगदान गरे । यस्तै नितिश राना नौ रनमा आउट हुँदा इयोन मोर्गनमात्र ८ रनमा पेभेलियन फर्किए । यस्तै कप्तान दिनेश कार्तिक एक रनमा आउट हुँदा आन्द्रे रसेलले १६ रन बनाए ।

एकपछि अर्को विकेट गुमाएको कोलकाता अन्तिममा ११२ रनमा राेकियाे । बलिङमा बैंग्लोरका लागि वासिङ्टन सुन्दरले दुई विकेट लिए ।


जितसँगै सात खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच जित र दुई हार ब्यहोरेका छन । यस्तै कोलकाताले सात खेलमा चार जित र तीन हार छ । उसको ८ अंक रहेको छ । –एएनआई


ताजा खबर