केवाईसी अद्यावधिक गर्न नबिल बैंकको आग्रह

नबिल बैंकले आफ्ना ग्राहकलाई ग्राहक पहिचान विवरण अपडेट गर्न आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह गरेको एक सुचना जारी गर्दै बताएको छ ।

बैंकले समबन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइट मार्फत फारम प्राप्त गरि भरेर बुझाउन आग्रह गरेको छ ।

२०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा रोक लगाउने समेत बैंकले भनेको छ ।


ताजा खबर