नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्य राष्ट्रमा पुन निर्वाचित भएको छ ।
१९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव अधिकार परिषदमा तीन वर्षको कार्यकालका लागि निर्वाचित गरेको हो ।
यो परिषद्मा नेपालको दोस्रो कार्यकाल हो ।
परिषद्मा कुनै एक राष्ट्र दुई पटक सम्म निवार्चित हुन सक्ने प्रावधान छ ।
परिषद्मा नेपाल संगै चीन, रुस, फ्रान्स, बेलायत, पाकिस्तान, क्यूबा लगायत ४७ देश निर्वाचित भएका छन् ।
भौगोलिक क्षेत्रको आधारमा हुने निर्वाचनमा नेपाल एसिया– प्रशान्त क्षेत्रबाट निर्वाचित भएको हो ।
चार सदस्य सिटका लागी पाँच सदस्य राष्ट्र बीच हिजो भएको मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो । –रासस